दफा ६७७
घर भत्किई हानि, नोक्सानी भएकोमा घर धनीले दायित्व व्यर्होनु पर्नेः

कुनै घर निर्माण गर्दाका बखत वा निर्माण गरिसकेको जेसुकै भए तापनि त्यस्तो घर पूरा वा आंशिक रूपमा भत्किई वा त्यसकोकुनै अंशले कसैलाई कुनै किसिमको हानि, नोक्सानी भएकोमा सम्बन्धित घर धनीले दायित्व व्यहोर्नु पर्नेछ ।